Home > अन्तर्राष्ट्रिय > अस्ट्रेलियासँग अफगानिस्तान सहजै पराजित, वार्नरले बनाए ८९ रन

अस्ट्रेलियासँग अफगानिस्तान सहजै पराजित, वार्नरले बनाए ८९ रन

143 total views, 1 views today

लन्डन जेठ १९//अस्ट्रेलियाले अफगानिस्तानमाथि सहज जित दर्ता गरेको छ। २०८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्यो।

अफगानिस्तानले शनिबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

अस्ट्रेलियाले अफगानिस्तानलाई ३८.२ ओभरमा अलआउट गरेको थियो।

अफगानिस्तानले हिजोको खेलमा कमजोर सुरूवात गर्‍यो। उसका दुबै ओपनिङ ब्याटस्म्यानहरू मोहम्मद शहजाद र हज्रतुल्लाह जजई विना रन आउट भए।

त्यसपछि मैदान छिरेका रहमत शाह र हश्मतुल्लाह शाहिदीले अर्धशतकीय साझेदारी गरे। शाहिदी १८ तथा रहमत ४३ रन बनाए।

मोहम्मद नबि ७ रन पेभेलियन फर्किए।

१९.२ ओभरमा ७५-४ को अवस्थामा रहेको अफगानिस्तानलाई कप्तान गुल्बदीन नैब र नाजिबुल्लाह जद्रानले ८३ रनको साझेदारी गरे र योगफल १५० पार पुग्यो। नैबले ३१ रन बनाए भने जद्रानले सर्वाधिक ५१ रन जोडे।

त्यसैगरी राशिद खानले २७ रनको योगदान दिए। उनले आक्रमक ब्याटिङ् गर्दै ११ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

२ सय ८ रनको लक्ष्य पछ्याउन आएको अस्ट्रेलियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा सो लक्ष्य हासिल गर्‍यो। अस्ट्रेलायाका लागि डेभिड वार्नरले नटआउट ८९ रन जोडे भने ओपनर तथा कप्तान एरोन फिन्चले ६६ रनको योगदान दिए।

यसैगरी उस्मान खजावा १५ रन र स्टिभ स्मिथ १८ रन बनाए। ग्लेन म्याक्सवेल ४ रनमा अविजित रहे।

अफगानिस्तानका लागि मुजिब उर रहमान, नइब र रासिद खानले समान १-१ विकेट लिए।

Comments

comments