Home > अन्तर्राष्ट्रिय > कस्मिरमा गोलीबारीः ३ पाकिस्तानी सैनिकको मृत्यु, ५ भारतीय सैनिक मारिएकोे दावी

कस्मिरमा गोलीबारीः ३ पाकिस्तानी सैनिकको मृत्यु, ५ भारतीय सैनिक मारिएकोे दावी

50 total views, 1 views today

काठमाडौं साउन ३१//कस्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सेनाबीच गोली हानाहान हुँदा आफ्ना तीन सैनिकको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।

दुई देश बीचको नियन्त्रण रेखामा भएको भिडन्तमा दुई गैरसैनिक नागरिकको पनि ज्यान गएको पाकिस्तानी सेनाले उल्लेख गरेको छ । बीबीसी हिन्दीका अनुसार पाकिस्तानी सेनाले पाँच भारतीय सैनिक मारिएको दावी गरेको छ ।

पाकिस्तानी सेनाले ट्विटरमार्फत एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतको कब्जामा रहेको जम्मु–कश्मीरको अनिश्चितताबाट ध्यान हटाउन भारतीय सेनाबाट नियन्त्रण रेखामा गोलीबारी भएको छ । तीन पाकिस्तानी सैनिक शहीद भएका छन् ।’

पाकिस्तानले थप भनेको छ, ‘पाकिस्तानी सेनाले पनि प्रभावकारी उत्तर दिएको छ । ५ भारतीय सैनिक मारिएका छन् र अन्य कैयौँ घाइते भएका छन् । बंकर ध्वस्त पारिएको छ । दुवैतिरबाट धेरै गोलीबारी जारी छ ।’ तर भारतले भने पाकिस्तानी दावीको खण्डन गरेको छ ।

भारतको नियन्त्रणमा रहेको जम्मु–कस्मिर राज्यलाई दिइएको विशेष संवैधानिक सुविधा उसले खारेज गरेपछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ ।

Comments

comments