Home > फिचर न्यूज > कांग्रेस नेता तथा समाजसेवी खड्काद्वारा उन्नाइस किलोको मूर्ति दान

कांग्रेस नेता तथा समाजसेवी खड्काद्वारा उन्नाइस किलोको मूर्ति दान

  • 1
    Share

54 total views, 1 views today

इलाम असार २७//इलामका समाजसेवी डम्बर खड्काले माइजोगमाई गाउँपालिकामा रहेको एक मन्दिरलाई १९ किलो ग्रामको धातुको मूर्ति प्रदान गरेका छन् ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले माइजोगमाई गाउँपालिका–१ नयाँ बजारमा रहेको बालागुरु शिवालय धामलाई सो मूर्ति दान गरेका हुन ।

करीब रु एक लाख १० पर्ने मूर्ति उनले मन्दिर व्यवस्थापन समितिका सहसचिव शिव निरौलालाई प्रदान गरेका छन् ।

मन्दिरलाई मूर्ति दान गर्न पाएकोमा खुशी व्यक्त गर्दै खड्काले मन्दिरलाई आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मन्दिरका सचिव याम रसाइलीले खड्काले गरेको मूर्ति दानले आफूलाई थप काम गर्न हौसला मिलेको बताए ।

इलामको रेडियो चियाबारीका अध्यक्ष समेत रहेका खड्काले जिल्लामा रहेका विभिन्न मठ मन्दिर, चर्च, गुम्बाका साथै असाहय असत्तलाई समेत सहयोग गर्दै आएका छन् ।

त्यस्तै उनले इलामको राजदुवालीमा संचालित माइभगवती बृद्धाआश्रममा रहेको मन्दिरका लागी एक थान धातुको मुर्ति र बृद्धाआश्रम आजीवन संचालनार्थ अक्षयकोषका लागी माइभगवती बृद्धाआश्रमकी अध्यक्ष बिष्णु कुमारी दाहाल लाइ रु एकलाख हस्तान्तरण गरेका छन ।

Comments

comments