Home > राष्ट्रिय > कृष्ण सिटौलाका शुभेच्छुकहरुद्वारा अस्पतालमै रक्तदान

कृष्ण सिटौलाका शुभेच्छुकहरुद्वारा अस्पतालमै रक्तदान

196 total views, 1 views today

काठमाडौं १० चैत//नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै उनका सुभेच्छुकहरुले आज बिहानैबाट उनी उपचाररत अस्पतालमै रक्तदान कार्यक्रम गरिरहेका छन ।

‘दुःख बाँडौं, सुख साटौं’ भन्दै यो अभियानमा स्वतस्फूर्त काँग्रेस तथा भ्रातृ संगठनका कार्यकर्ताहरुले रक्तदान गरिरहेका हुन ।

सिटौला उपचाररत राजधानीको धुम्बराहीस्थित ह्याम्स अस्पताल परिसरमै आइतबार बिहान ८ बजेदेखि वृहत रक्तदान कार्यक्रम भइरहेको छ ।

रक्तदान गर्न नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, किसान संघ, दलित संघ लगायतका प्रतिनिधिहरु सहित पत्रकारहरु समेत अस्पताल पुगेको नेता बलदेव तिमल्सिनाले जानकारी दिए ।

नेविसंघ नेता शुशिल भट्टका अनुसार १२ बजेसम्म १ सय ७ जनाले रक्तदान गरिसकेका छन ।

रक्तदानका लागि आउने सुभेच्छुकहरु बढ्दै गएकाले अझै केही समय कार्यक्रम जारी रहने उनले जानकारी दिए ।

सुक्रबार साँझ अस्पताल भर्ना भएका नेता सिटौलाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा परिक्षण लगत्तै सिटौलाको आइसियुमा राखेर उपचार गरिदै आइएको छ ।

उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको थियो ।

रगतको मात्रा बढाउनका लागि शुक्रवार र शनिबार सिटौलालाई रगत समेत दिइएको थियो ।

Comments

comments