Home > अन्तर्राष्ट्रिय > गांगुलीको विचारमा यी ४ टोली पुग्नेछन् विश्वकपको सेमिफाइनलमा

गांगुलीको विचारमा यी ४ टोली पुग्नेछन् विश्वकपको सेमिफाइनलमा

188 total views, 1 views today

भारत वैशाख १४//पूर्व भारतीय कप्तान सौरभ गांगुलीले आगामी वर्ल्डकपको सेमिफाइनलमा भारत सहित अस्ट्रेलिया, ईङ्ल्याण्ड तथा पाकिस्तान पुग्ने सम्भावना रहेको बताएका छन्।

गांगुलीले राउण्ड रोबिनका कारण यस विश्वकपमा कडा प्रतिष्पर्धा हुने बताए।

‘ म सेमिफाइनलका ४ स्थानका लागि भारत, अस्ट्रेलिया, ईङ्ल्याण्ड र पाकिस्तानलाई चयन गर्छु। यसमा भारत एक प्रबल दाबेदार रहेकोमा कुनै शंका छैन’, गांगुलीले भने, ‘यो प्रतिष्पर्धात्मक विश्वकपमध्ये एक हुनेछ। भारतीय टोली यति बलियो छ की उ हर कुनै प्रतियोगिताको दाबेदार हो, यो विश्वकप सम्भवतः सर्वश्रेष्ठ शैलीको हो। सबैले एकअर्कासँग खेलेपछि समिफाइनलमा स्थान बनाउनेछन्।’

यस्तै पूर्वकप्तान गांगुले जारी आईपिएलमा कुलदीप यादवले ९ म्याचमा ४ विकेट मात्र लिएको कुराले उसको विश्वकप प्रदर्शन प्रभावित नहुने बताएका छन्।

‘उसले विश्वकपमा विकेट लिनेछ, चिन्ता नगर्नुस्। ऊ धेरै नै राम्रो बलर हो’, गांगुलीले भने।

Comments

comments