Home > राष्ट्रिय > देशविकासका लागि एकजुट हुनुपर्नेमा नेता नेपालको जोड

देशविकासका लागि एकजुट हुनुपर्नेमा नेता नेपालको जोड

48 total views, 1 views today

काठमाडौं साउन ३२/नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकासको निम्ति सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै नेता नेपालले देश विकासको लागि नागरिक, संघ—संस्था र सरकार एकसाथ जुट्नु पर्ने बताए ।

सानो—ठुलो जस्तोसुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताए ।

कहिलेकाहिँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठूलाठूला काम बन्न सक्ने विस्वास व्यक्त गरे ।

नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान र तयारी बिना आएको भन्दै चिन्ता पनि ब्यक्त गरे ।

Comments

comments