Home > आर्थिक > बिरगंजमा अव्यवस्थित मासु पसल तत्काल हटाउन माग

बिरगंजमा अव्यवस्थित मासु पसल तत्काल हटाउन माग

87 total views, 1 views today

बिरगंज ६ श्रावण// सडक किनाराको अव्यवस्थित मासु पसल तत्काल हटाउन माग राख्दै उपभोक्ता हित संरक्षण मञ्च बिरगंज नगर कमिटिद्धारा नगर प्रमुख बिजय कुमार सरावगिलाई ज्ञापन पत्र बुझाएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका नगर अध्यक्ष अजित कुमार भुजेलको नेतुत्वमा गएको टोलिले बीरगंजको मेनरोडमा रहेको सडक किनारामा राखेको अव्यवस्थित मासु पसलले आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पारिराखेको भन्दै नगर प्रमुख कै कार्यकक्षमा पुगि ज्ञापन पत्र बुझाईएको हो ।

बिरगंज महानगरपालिकाको रजतजयन्ती चोक देखि उत्तर गन्डक नहरसम्मको मुल सडकको नाला छेउमा नै खसी बाख्रा तथा कुखुराको मासु बिक्री भइरहेकोले छिट्टै ब्यवस्थापनका लागी नगर प्रमुख सरावगीलाई आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझाउनेहरुमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य धिरज शर्मा , नगर सचिव प्रिति सिंह , कोषाध्यक्ष संतोषमान रन्जितकार, सदस्यहरु दिलिप प्रधान , मन्सुर खान , बिट्तु नेपाली , राजन सिंह लगायतकाको उपस्थिति रहेको थियो ।

Comments

comments