Home > अन्तर्राष्ट्रिय > भारतको स्वतन्त्रता दिवसः नेपाललाई ३० एम्बुलेन्स, ६ बस प्रदान

भारतको स्वतन्त्रता दिवसः नेपाललाई ३० एम्बुलेन्स, ६ बस प्रदान

50 total views, 1 views today

काठमाडौं साउन ३०//भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसर पारेर नेपाललाई ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरेको छ।

बिहीबार काठमाडौंमा रहेको भारतीय दूतावासले औपचारिक कार्यक्रमको आयोजना गरी अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले भारतीय सेनामा कार्यरत रहँदा बीरगति प्राप्त गरेका सैनिकका परिवारलाई आर्थिक सहायता रकम पनि हस्तान्तरण गरे।

भारत सरकारले ३ परिवारलाई वीर नारी, ५ जना एकल महिला र ६ जना दिवंगत सैनिकका परिवारलाई ५ करोड ३१ लाख नेपाली रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको छ। यस्तै दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक सहयोग पनि उपलब्ध गराएको छ।

Comments

comments