Home > राष्ट्रिय > संस्कृतिद्वारा चौथो दिन पनि राहत वितरण

संस्कृतिद्वारा चौथो दिन पनि राहत वितरण

104 total views, 1 views today

वीरगंज चैत्र २२//सृजनशील युवाहरुको संस्था संस्कृतिले चौथो दिनपनी हावाहुरीबाट प्रभावित पर्सा र बाराका गाउँहरुमा राहत वितरणको कार्य जारि राखेको छ ।

राहत वितरणको चौथो दिन संस्कृतिले पर्साको सौराहा, दकैला बहुहरी र बाराको चैनपुरमा राहत वितरण सहित स्वास्थ्य शिविर संचालन गरेको हो । संस्कृतिकी अध्यक्ष शैली चौधरीको नेतृत्वमा गएको टोलिले हावाहुरीबाट घर गुमाएका पिडित परिवारहरुलाई त्रिपाल, सुत्ने म्याट, लामुखुट्टे धपाउने झुल, सेनेटरी प्याड, बाल्टिन, मग, टुथपेस्ट, बर्सलगयातका सामाग्रीहरु सहयोग गरेको छ ।

संस्कृतिले राहत वितरण संगै स्वास्थ्य शिविर पनी संचालन गरेको छ । नेसनल मेडिकल कलेजका स्वयंसेवकहरुको सहयोगमा पर्सा र बाराको विभिन्न स्थानमा स्वाथ्य शिविर संचालन गरिएको हो । स्वास्थ्य शिविरबाट लगभग २ सय व्यक्तिलाई राहत पाएको शिविरका संयोजक महेन्द्र पाण्डेले बताए ।

आइतबार आएको हावाहुरी आए पश्चात विभिन्न संघ संस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगबाट संस्कृतीले शोमबार देखिनै राहत वितरण गरिरहको अध्यक्ष चौधरीले बताईन । चौधरीले हाल सम्म एसोसिएसन अफ नेपालि तराईयन इन अस्ट्रेलिया (एनटा अस्ट्रेलिया), ओक्टेभ क्लब काठमाडौँ, हेल्पिङ्ग ह्याण्ड्स नेपाल, विघ्नहर्ता नेपाललगयात संघ संस्था तथा व्यक्तिहरुको सहयोगबाट लगभग ४ लाख बराबरको राहत वितरण गरिएको जानकारी गराईन ।

उनले राहत वितरणको कार्य संग-संगै अब आफ्नो संस्थाले पुर्नानिर्मन तथा पुनर्स्थापनाको कार्य पनी गर्न बताईन । राहत वितरण कार्यक्रममा संस्कृतिकी सदस्य अल्का कलवार, विवेक बरनावाल, विघ्नहर्ता नेपालका गोमेश उप्रेती, नेसनल मेडिकल कलेजका रामजी रामलगयातले स्वयंसेवकका रुपमा सहयोग गरेका थिए ।

Comments

comments