Home > आर्थिक > सर्लाहीको बरहथवा र बागमतीमा एनआईसी बैंकका नयाँ शाखा

सर्लाहीको बरहथवा र बागमतीमा एनआईसी बैंकका नयाँ शाखा

  • 1
    Share

391 total views, 1 views today

काठमाडाैं जेठ २९//एनआईसी एशिया बैंकको सर्लाहीको बरहथवा र बागमती नगरपालिका वडा नं १२ मा शाखा खुलेको छ।

बरहथवाका उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जन प्रसाद दासबाट बरहथवा शाखाको र बागमती नगरपालिकाका मेयर भरत कुमार थापाबाट बागमती शाखाको विधिवत् समुद्घाटन भएको छ।

यसै साथ झापा जिल्ला बिर्तामोड नगरपालिकाको गरामनी बजारमा बैंकले नवाैं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । मुलुकभर २१८ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११६ अर्ब र कुलनिक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ ।

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Comments

comments